धरानमा नेपाल प्रहरीको तालिमप्राप्त कुकुरले ठुलो मात्रामा लागुऔषध र एक जना कारोबारीलाई फेला परेको छ ।

‘डग स्नीफिङ’ (कुकुरले सुघ्ने कार्य) का क्रममा शनिबार धरान–१७ मा कुकुरले कारोबारी र उनको साथमा रहेको ठुलो मात्रामा लागुऔषध फेला परेको प्रहरीको भनाइ छ ।

कुकुरसहितको प्रहरीको जाँचका क्रममा धरानबाट उदयपुरतर्फ जाँदै गरेको को १ ख ५४४० नम्बरको बसमा यात्रारत उदयपुर त्रियुगा–१० का २५ वर्षीय सञ्जय राना मगरलाई कुकुरले शंका गरेको थियो ।

कुकुरले मगरको साथमा लागुऔषध रहेको निश्चित गरेपछि प्रहरीले जाँच गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार रानाको साथबाट छ सय थान क्याप्सुल ट्रामानिल र छ सय वटै स्पमरेष्ट ट्याब्लेट फेला परेको छ ।

लागुऔषधको कारोबार उच्च देखिएकाले संघीय प्रहरी इकाई कार्यालय धरानको कुकुर परिचालन गरेर धरान क्षेत्रमा प्रहरीले जाँच तीब्र पारेको बताएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडबाड लक्षित सुरक्षा सुनिश्चतता अभियान अन्तर्गत प्रहरीले शंकास्पद क्षेत्रहरुमा जाँच सञ्चालन गरेको छ ।

सुनसरी मोरङ र झापासँग सीमा जोडिएका भारतीय सीमावर्ति क्षेत्रबाट कारोबारीले लागुऔषध नेपाल भित्र्याएर प्रदेशका बिभिन्न जिल्लामा पुर्याउने गरेका छन् ।

View : 35


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया