
प्रवेश बिष्ट
इटहरा । मोरङको रतुवामाईमा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान चाड दशैँको अवसर पारेर साझा समाजको आयोजनामा असोज १९ र २० गते प्रतियोगिता आयोजना हुन लागेको हो ।
साझा समाजका अध्यक्ष प्रवेश बिष्टका अनुसार प्रतियोगिताका खेलहरु रतुवामाई नगरपालिका वडा नम्बर-९ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेता टिमलाई नगद १५ हजार र उपविजेतालाई १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बिष्टले जानकारी दिए ।
रतुवामाईको खेल क्षेत्रलाई थप विकास गर्न र नयाँ खेलाडीहरु उत्पादन गर्न मद्दत पुग्ने हिसाबले प्रतियोगिता आयोजना गरेको आयोजकले बताएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

