गाईघाट । उदयपुरमा थारु कथानक चलचित्र ‘जितिया-२’ को प्रदर्शन गरिएको छ ।
शनिबार कोशी प्रदेश सभाकी उपसभामुख श्रीजना दनुवार र त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले चलचित्रको एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।

कृपया यो पेज Like गर्नु होला

चलचित्रको उद्घाटन गर्नु हुदै उपसभामुख सृजना दनुवारले प्रदेश सरकारले सबै जातजाती र भाषा भाषीलाई समान व्यवहार गर्नेमा आफु विश्वस्त रहेको बताउनु भएको छ । उपसभामुख दनुवारले सबै भन्दा नजिकको प्रदेश सरकार भएकाले प्रदेशभरीका आदिबासी जनजाती र समुदायको भाषा, भेषभुषा र संस्कृती संरक्षणको लागि एक भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले चौधरी समुदायको सांस्कृतिक कार्यको लागि आउने प्रस्तावहरु अहिले सम्म त्रियुगा नगरपालिकाले स्वीकार गरेर धेरथोर जस्तो भएपनि कार्यान्वन गरिएको बताउनु भयो । उहाँले त्रियुगा नगरपालिका भित्र रहेका मुख्य आदिबासी थारु, दनुवार राई, मगरको कला संस्कृतीको संरक्षण गर्न आफू पछि नहटने बताउनु भयो ।

“थारु कला संस्क्रिती, भेषभुषा भाषा आपन पहिचान, धोती कुर्ता पगरी थारुको अभियान“ भन्ने मूल नारा सहित निर्मित चलचित्रको शनिबार जिल्लाको सदरमुकाम स्थित एक होटलको सभाहलमा प्रदर्शन गरिएको हो ।थारु संस्कार र संस्कृतिमा आधारित चलचित्र “जितिया-२“ थारु जातिको भाषा, संस्कृति, रहनसहनको जगेर्ना र थारु जातिको संस्कार संस्कृतिमा हुने गरेको बिकृतिका बिरुद्ध बनेको थारु संस्कृति संरक्षण संघ उदयपुरका अध्यक्ष लक्ष्मी चौधरीले जानकारी दिनु भयो ।
नेपाल म्याक्सको प्रस्तुतिमा निर्मित थारु कथानक चलचित्र “जितिया-२“ रिसान चौधरी र खुश्बु चौधरीले निर्माण गर्नु भएको हो भने यस चलचित्रको निर्देशन परशुराम चौधरीले गर्नु भएको हो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया