
अन्जनी कुमार अधिकारी
उदयपुर। उदयपुर सदरमुकाम गाईघाटमा रहेको भाइरस डान्स क्याम्पको आयोजनामा कोशी प्रदेश स्तरीय “नृत्य प्रतियोगिता“ हुने भएको छ ।
कोशी प्रदेश स्तरीय नृत्य प्रतियोगिता हुने भएपछि शनिबार आयोजक भाइरस डान्स क्याम्पले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराएको हो ।
प्रदेश स्तरीय प्रतियोगिताको अडिसन भोली आइतबार उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट सुरु हुने आयोजकले जनाएको छ । तेस्तै अडिसन राउण्ड अन्तर्गत भदौ १७ गते सुनसरीको धरान र इटहरी सोही दिन मोरंगको बिराटनगर, भदौ २० गते मोरंग जिल्लाकै बेलबारी र उर्लाबारी, भदौ २२ गते झापाको बिर्तामोड र काँकडभिट्टा, भदौ २३ गते इलामको फिदिम र फिक्कल, भदौ २३ गते खोटाङ्गको दिक्तेलमा हुने छ ।
आयोजकले दिएको जानकारी अनुसार भदौ २७ गते उदयपुरको कटारी, २९ गते नेपालटार र मुर्कुची, भदौ ३१ गते सदरमुकाम गाईघाटमा र असोज १ गते चौदण्डीगढी नगरपालिकाको बेल्टारमा अडिसन राउण्ड हुने छ ।
आयोजक भाइरस डान्स क्याम्पका अनुसार प्रतियोगिताको मेघा, ग्राण्ड, सेमी र फाईनल अडिसन भने उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा हुने छ । मेघा अडिसन असोज ५ गते, ग्राण्ड अडिसन असोज १२ गते, सेमी अडिसन असोज १९ गते र प्रतियोगिताको फाइनल असोज २३ गते हुने छ ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगीले १ लाख ११ हजार एक सय एघार, दोश्रो हुनेले ५५ हजार पाँच सय पचपन्न, तृतीय हुनेले ३३ हजार ३ सय तेत्तीस र सान्त्वना पुरस्कार ९ हजार ९ सय ९९ रुपैया रहेको भाइरस डान्स क्याम्पका अध्यक्ष कल्याण कार्कीले जानकारी दिनु भयो ।
प्रदेश स्तरीय नृत्य प्रतियोगितामा करिव १८ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताले कोशी प्रदेशको सांस्कृतिक सम्पदालाई उजागर गर्नुका साथै स्थानीय कलाकारहरुको प्रोत्साहन हुने प्रतियोगिता आयोजक समितिका सल्लाहाकार एवम् नृत्य निर्देशक प्रेम जंग किराँतीले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुले प्रतियोगितालाई बिवाद रहित, निष्पक्ष, र कोशी प्रदेशको पहिचानलाई स्थापित गर्नेगरी प्रतियोगिता सफल बनाउन आयोजकलाई आग्रह गरेका थिए । उनीहरुले प्रतियोगिताको फाइनलमा भोटिङ्गका आधारमा मात्र विजयी गराउँदा क्षमतावान प्रतियोगीहरू बाहिरिन सक्ने भएकोले त्यस तर्फ पनि ध्यान दिएर प्रतियोगिता सम्पन्न गर्न आग्रह गरे ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

