गाईघाट । साबिक विजेता भारतलाई टाइब्रेकरमा ४-३ गोलले हराउँदै बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो ।
त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बङ्गलादेशले बाजी मारेको हो ।
टाइब्रेकरमा भारतको पहिलो प्रहार बङ्गलादेशका गोलरक्षकले विफल पार्नुभएको थियो । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।
फाइनलमा बङ्गलादेशले आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमै ४-१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । नेपाल र बङ्गलादेशबिचको फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुनेछ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

