
अन्जनी कुमार अधिकारी
बेल्टार। चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी बल बेस बेल्टारमा आयोजित मैत्रीपूर्ण फुटसल फुटबल खेलमा बसाहा क्लव विजयी भएको छ ।
आइतबार भएको फाइनल खेलमा युनाइटेड क्लव बेल्टारलाई ० का बिरुद्ध ४ गोल गर्दै बसाहा क्लव विजयी भएको हो ।
चौदण्डीगढी नगरपालिकामै पहिलो पटक ओपन फुटसल निर्माण गरेर सशस्त्र प्रहरी बल बेस बेल्टारले लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरेको मैत्रीपूर्ण फुटसल फुटबल खेलमा नगरका आठ टिम सहभागी रहेका थिए । शनिबार र आइतबार गरि दुई दिन संचालित मैत्रीपूर्ण खेलको फाइनलमा युनाइटेड क्लव बेल्टारलाई र बसाहा क्लव बसाहा पुगेका थिए ।
विजेता र उपविजेता बनेका क्रमश बसाहा क्लव बसाहा र युनाइटेड क्लव बेल्टारलाई समारोह समितिका प्रमुख अतिथि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, बिशेष अतिथि सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ गण हेडक्वाटरका प्रहरी नायव उपरीक्षक होमनाथ भट्टराई, चौदण्डीगढी नगरपालिकाका पर्व मेयर खगेन्द्र राई, वडा अध्यक्षहरुले संयुक्तरुपमा ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
समापन कार्यक्रममा चौदण्डीगढीमै पहिलो पटक ओपन फुटसल निर्माण गरेर लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध जनचेतना स्वरूप फुटबल प्रतियोगिताको आयोजना गरेकोमा सिंगो सशस्त्र प्रहरी युनिटलाई नगर प्रमुख कालुमान लामाले धन्यबाद ज्ञापन गर्नु भएको थियो । वहाँले यस प्रतियोगिताले एउटा छुट्टै छाप छोडेको भन्दै यो महत्वपूर्ण र ऐतिहासिक कार्यकालागि सशस्त्र प्रहरी बल बेस बेल्टारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र काजी निरौला प्रति आभार प्रकट गर्नु भयो ।
सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ गण हेडक्वाटरका प्रहरी नायव उपरीक्षक होमनाथ भट्टराईले सशस्त्र प्रहरीले जनताको सुरक्षा संगै जनमुखी र जनचेतना युक्त कार्य गरिरहेको भन्दै यस प्रतियोगिताले आफ्नो युनिटलाई थप उर्जा मिलेको बताउनु भयो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.



