कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी

बेल्टार। चौदण्डीगढी नगरपालिकामा नवनिर्मित पहिलो फुटसलाको उद्घाटन गरिएको छ। नगरको वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी बल बेस हाता भित्र नवनिर्मित खुल्ला फुटसलको शनिबार चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ गण हेडक्वाटरका गणपति सशास्त्र प्रहरी उपरीक्षक सरोज बस्नेत र नगर उपप्रमुख मणिकादेवी दुलालले संयुक्तरुपमा उद्घाटन गर्नु भएको हो ।

नव निर्मित फुटसलको उद्घाटन संगै सशस्त्र प्रहरी बल बेस बेल्टारले लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको आयोजनामा मैत्रीपूर्ण फुटबलको आयोजना समेत गरेको थियो । उक्त प्रतियोगिताको समेत शनिवार नै उद्घाटन गरिएको हो ।

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यतामा भएको फुटसल उद्घाटन तथा मैत्रीपूर्ण फुटबलको आयोजनाको विशिष्ट अतिथिमा रसशास्त्र प्रहरी उपरीक्षक सरोज बस्नेत, नगर उपप्रमुख मणिकादेवी दुलाल रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, बिभिन्न पार्टीका नेता, स्थानीय बुद्धिजीवी, खेल प्रेमीको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बल बेस बेल्टारले लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तराष्ट्रिय दिवसको आयोजनामा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा आठ टिम सहभागी रहेका थिए । शनिबार पहिलो दिन भएको खेलमा इलाका प्रहरी कार्यालय बेल्टारलाई ३ – १ गोल अन्तरले पराजित गर्दै क्लिन एण्ड ग्रीन बेल्टार विजयी भएको छ ।अर्को खेलमा बसाहा क्लव बसाहाले विरेन्द्र  बजार क्लव सिद्धिपुरलाई ० का बिरुद्ध ६ गोला गर्दै जित दर्ता गर्यो  ।

शनिबारनै भएको अर्को खेलमा बेल्टार युनाईटेड क्लवले शान्तिनगर युवा क्लव हडियालाई २ का बिरुद्ध ४ गोला गर्दै जित दर्ता गर्यो भने शनिवार नै सम्पन्न अर्को खेलमा सशस्त्र प्रहरी बल बेस बेल्टारलाई १ गोलाका बिरुद्ध ४ गोल गर्दै चौदण्डीगढी नगरपालिका विजयी भएको छ ।

आइतबार बिहान पहिलो सेमिफाइनल खेल क्लिन एण्ड ग्रीन बेल्टार र युनाईटेड क्लव बीच हुने छ भने दोश्रो सेमिफाइनल खेल बसाहा क्लव बसाहा र चौदण्डीगढी नगरपालिका बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल आइतबारनिया हुने आयोजकले जनाएको छ ।

 

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया