कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी 

बेल्टार।  उदयपुरको चौदण्डीगढी नगरपालिकामा नवौं अन्तर विधालय छात्रछात्रा  ह्याण्डबल सुरु  गरिएको छ । जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको  बुधबार एक कार्यक्रमका बीच कोशी प्रदेश सभा सदस्य राजन किरातीले उद्घाटन गर्नु भएको छ ।

नगरको वडा नम्बर ६ स्थित समावेसी खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगर भित्रका सामुदायिक तथा  संस्थागत विधालय गरि १८ टिमले सहभागिता जनाउने जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष विदुर राईले बताए ।

प्रतियोगितामा छात्र तर्फ पुमा बोर्डिङ स्कुल, भू.पु. सैनिक, कञ्चनजंघा बोर्डिङ, न्युटन एकेडेमी, ज्योती मा.वि., पारुहाङ एकेडेमी, मेरिगोल्ड स्कुल, नारद आदर्श मा.वि., जनता मा.वि. हडिया र सगरमाथा बोर्डिङ गरि १० टिम सहभागी रहेका छन् भने छात्रा तर्फ पुमा बोर्डिङ, सगरमाथा बोर्डिङ, मेरिगोल्ड स्कुल, जनता मा.वि. हडिया, कञ्चनजंघा स्कुल, भू.पु. सैनिक स्कुल, नारद आदर्श मा.वि. र ज्योति मा.वि. गरि ८ टिम सहभागी रहेका छन ।

प्रतियोगिताको बिजेता टिमले १० हजार नगद प्राप्त गर्ने छ भने प्रतियोगितामा दोश्रो हुने टिमले ७ हजार र तेश्रो हुने टिमले ३ हजार प्राप्त गर्ने छ ।

बुधबार नवौं अन्तर विधालय छात्रछात्रा  ह्याण्डबल प्रतियोगिताको उद्घाटन समारोह कार्यक्रमा चौदण्डीगढी नगरपालिकाका ह्याण्डबल संस्थापक गुरु पर्वत गुरुङलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया