खगेन्द्र कार्की
सप्तकोसी। सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा बसाहा फुटबल क्लब उदयपुर र धरान रिपोर्टिङ क्लब सुनसरी बिच भएको खेलमा बसाहा फुटबल क्ल्बलाइ हराउँदै धरान रिपोर्टिङ क्लब सुनसरी बिजयी भएको छ।
निर्धारित समयमा दुबै टिमको तर्फबाट २-२ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइवेकरका आधारमा गरिएको थियो।ट्राइवेकरमा बसाहा फुटबल क्ल्बलाइ ४-२ को गोलअन्तरले हराउँदै धरान रिपोर्टिङ क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मङ्गलबार कटारी फुटबल क्लब उदयपुर र दमक फुटबल क्लब झापा बिच हुने आयोजकले जनाएको छ।
नगर खेलकुद बिकास समिति सप्तकोसी नगरपालिका द्वारा असार १ गते देखि ८ गते सम्म सन्चालन हुने प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगितामा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर सप्तरी , दमक फुटबल एकेडमी झापा, कटारी फुटबल क्लब उदयपुर ,LX CITY फुटबल क्लब मोरङ ,न्यु स्टार फुटबल क्लब सुनसरी , धरान रिपोर्टिङ क्लब सुनसरी बर्दिबास नगरपालिका महोत्तरी र बसाहा फुटबल क्लब उदयपुर गरि ८ वटा टिमहरुले सहभागिता जनाएको आयोजकले जनाएका छन।
प्रतियोगितामा विजेता उप विजेता टिमलाई क्रमशः नगद २ लाख र १ लाख ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेश खड्काले जानकारी दिए।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया