अन्जनी कुमार अधिकारी
बेल्टार। राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना यही जेष्ठ २९ देखी ३१ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुने यूथ १५ जुनियर ब्याडमिन्टन खेलकुदमा सहभागी हुने टोलीलाई आइतबार बिदाई गरिएको छ ।
चौदण्डीगढी नगरपालिकाको समावेसी खेल मैदानमा रहेको ब्याडमिन्टन कवड हलमा एक कार्यक्रमको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने नगरका दुई खेलाडीलाई बिदाई गरिएको हो ।
यही जेष्ठ २४ र २५ गते मोरङ्गको बिराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय यूथ १५ ब्याडमिन्टन छनौट प्रतियोगितामा चौदण्डीगढी नगरपालिका बाट निताशा रैका मगर र सोषण पौडेल सहभागी सहभागी भएका थिए । प्रतियोगितामा नितासा रैका मगरले रजत पदक त्यसैगरी सोषन पौडेलले कास्य पदक ल्याएर गण्डकी प्रदेशको पोखरामा हुने यूथ १५ जुनियर ब्याडमिन्टन खेलकुद प्रतियोगितामा सहभागिता हुने अवसर प्राप्त गरेको टिम कोच सन्तोष कटवालले जानकारी दिए । कोच कटवालले आफ्नो टोलीले पोखरामा समेत उत्कृष्ट प्रदर्शन गर्ने बिश्वास समेत ब्यक्त गरे ।
उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी जनाउन भन्दै बेल्टार ब्याडमिन्टन क्लव खेलाडीलाई सम्मान सहित बिदाई गरेको हो । क्लव चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवम् पुर्व नगर प्रमुख खगेन्द्र राई, कोशी प्रदेश ब्याडमिन्टन संघका सदस्य दिपक राई लगायतको उपस्थितिमा बिदाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम क्लवका अध्यक्ष महाप्रसाद राईको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य क्लवका उपाध्यक्ष शम्भु ल्वागुनले राखेका थिए ।
चौदण्डीगढी नगरपालिकाको मात्र नभएर सिंगो उदयपुर जिल्लाकै प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना जेष्ठ २९ देखी ३१ गते सम्म यूथ १५ जुनियर ब्याडमिन्टन खेलकुदमा सहभागी हुने खेलाडीहरुलाई बेल्टार ब्याडमिन्टन क्लव र्याकेट, ब्याग हस्तान्तरण गरेको थियो । कार्यक्रममा टिम कोच समेत रहेका ब्याडमिन्टनका उत्कृष्ट खेलाडी सन्तोष कटवालले आफ्नो ब्यक्तिगत लगानीमा दुई वटा र्याकेट र एक वटा ब्याग हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति खगेन्द्र राई लगायतले मन्तब्य राखेर खेलाडीलाई शुभकामान दिएका थिए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

