कृपया यो पेज Like गर्नु होला

गाईघाट। उदयपुर सदरमुकाम गाईघाटका र्‍यापर क्षितिज राई (योङ हर्सलर) “रेड बुल नेपाल र बार्ज सिजन-५”को टप १५ मा पुग्न सफल भएका छन ।

रेड बुल नेपाल र बार्ज र्‍याप सिजन ५ का ६ हजार प्रतिस्पर्धीहरु मध्ये अहिले टप १५ भित्र पर्न सफल गाईघाटका र्‍यापर क्षितिज राई (योङ हर्सलर)ले यस प्रतियोगिताको फाइनल पुग्न आफुलाई भोट गरेर सहयोग गरिदिन आग्रह गरेका छन ।

उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारमा जन्मेका क्षितिज राई अहिले योङ हर्सलर नामले आफ्नो ख्याती कमाउदै गरेका २५ बर्षिया उदयमान र्‍यापर हुन ।

र्‍यापर क्षितिज राई (योङ हर्सलर) “रेड बुल नेपाल र बार्ज सिजन-५” लागि कोशी प्रदेश बाट एक मात्र प्रतिस्पर्धी रहेका छन । सानै उमेर देखी र्‍यापका पारखी उनि अहिले र्‍याप क्षेत्र जम्दै गरेका एक कुशल र्‍यापर हुन ।

उनलाई देश तथा विदेशबाट समेत् भोटिंग गर्न सकिने छ । इसेवा एपमा गएर भोटिंग एण्ड इभेन्ट्स आइकोनमा क्लिक गर्ने तेसपछी योङ्ग स्टारमा क्लिक गर्ने अनि  “योङ हर्सलर” मा क्लिक गरेर उनलाई भोट गर्न सकिने छ ।

भोटगर्ने तरिका:

 

 

 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया