उदयपुर  । उदयपुरको सदरमुकाम गाईघाटमा बाहिनिपति ट्रफि २०८१ खेलकुद प्रतियोगिता सुरु भएको छ ।

कृपया यो पेज Like गर्नु होला

नेपाली सेनाको १८ नम्बर बाहीनी अड्डा भुल्केको आयोजनामा त्रियुगा नगरपालिका १३ स्थित थारुहट रंगशालामा बिभिन्न विधामा खेलकुद प्रतियोगिता सुरु भएको हो ।

नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा अन्तरगत रहेका पशुपति प्रसाद गण उदयपुर, दुर्गा बक्स गण ओखलढुङ्गा र रणभिम गण, खोटाङ्गको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा फुटबल, तेक्वान्दो, बक्सिङ्ग, स्विमिङ्ग, सुटिङ्ग र एथ्लेटिक्स प्रतियोगिता हुने १८ नम्बर बाहिनीपति सहायक रथी मनोज बैदवारले बताउनु भयो ।

सैनिकका सकल दर्जाहरुलाई सैनिक तालिकमको अतिरिक्त खेलकुद क्षेत्रमा समेत निपूणर् बनाउन बार्षिक कार्यक्रमम अनुसार खेलकुद प्रतियोगिता आयोजना गरिएको सहायक रथी बैदबारले जानकारी दिनु भयो ।
प्रतियोगिता १० दिन सम्म संचालन हुने छ ।

आज भएको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पशुपति प्रसाद गण गाईघाटलाई पराजित गर्दैै दुर्गाबक्स गण ओखलढुङ्गा प्रथम बनेको छ ।
पशुपति गण बोक्सेलाई १/० ले हराउँदै दुर्गा गण बिजयी बनेको हो । खेलको पहिलो हाफमा दुर्गा गणको तर्फबाट जर्सि नं ६ का गोकुल कुवरले गोल गरेका थिए । सोही गोल दुर्गा गणको लागि बिजयीको निणर्य गोल बन्यो ।

उता पशुपति गण बोक्सेले भने खेल अबधिभर गोल गर्न सकेन । प्रतियोगिताको उद्घाटन भुल्केका बाहिनिपति मनोज बेदवारले गर्नु भएको थियो भने उदयपुर जिल्ला प्रमुख अधिकारी हरि प्रसाद घिमिरे, उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापा लगायतको उपस्थिती रहेको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया