बेल्टार। चौदण्डीगढी नगर खेलकुद विकास समितिको आयोजना सम्पन्न अन्तर विधालय ह्याण्डबल प्रतियोगितामा ज्योति माध्यमिक विधालय बेल्टारले कब्जा जमाएको छ ।
चौदण्डीगढी नगरपालिकाको संयोजनमा नगर खेलकुद विकास समितिले आयोजना गरेको खेलमा ज्योति माध्यमिक विधालय बेल्टार, नारद आदर्श माध्यमिक विधालय बसाहा र जनता नमुना माध्यमिक विधालय हडियाका टोलि बीच प्रतिस्पर्धा भएको थियो ।
चौदण्डीगढी नगर खेलकुद विकास समितिले गाउँ गाउँ सम्म ह्याण्डबलको विकास गर्न भन्दै सबै वडाका बिधालयहरुमा बिधालयको चाहना अनुसार बिधार्थीहरुलाई ह्याण्डबलको प्रशिक्षण समेत दिंदै आएको छ ।
छोटो समय प्रशिक्षण लिएका विधालयका विद्यार्थीहरुले बुधबार अन्तर विधालय ह्याण्डबल प्रतियोगितामा भाग लिएका थिए । बुधबार सम्पन्न खेलमा ज्योति माध्यमिक विधालय बेल्टारको पुरुष र महिला दुवै टोलिले प्रथम स्थान हाँसिल गर्दै प्रतियोगिताको उपाधिमा आफ्नो कब्जा जमाएको थियो । प्रतियोगितामा नारद आदर्श माध्यमिक विधालयका पुरुष र महिला दुवै टोलीले दोश्रो स्थान हाँसिल गर्न सफल भएका थिए ।
प्रतियोगितामा जनता नमुना माध्यमिक विधालय हडियाका पुरुष तर्फ विप्लव निरौला र महिला तर्फ पूर्णिमा राउतले राइजिङ प्लेयर्सको उपाधी पाउन सफल भए ।
प्रतियोगिताको विजेता पुरुष र महिला टोलीले नगद १५-१५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे भने दोश्रो हुने टोलीका पुरुष र महिला दुवै टोलीले नगद १०-१० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताका राइजिङ प्लेयर्सलाई नगद १/१ हजारले सम्मान गरिएको थियो ।
प्रतियोगिताको समापन कार्यक्रम चौदण्डीगढी नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख कालुमान लामा रहनु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, वडा नम्बर ९का अध्यक्ष एवम् नगर प्रवक्ता प्रकाश राउत, वडा नम्बर ६ का अध्यक्ष अम्बरबहादुर खड्का, नेपाली काँग्रेस क्षेत्रीय सभापति एवम् पुर्व मेयर खगेन्द्र राई, ह्याण्डबल केन्द्रीय सदस्य राकेश राई, ह्याण्डबल कोशी प्रदेश अध्यक्ष मुक्ति राई, उपाध्यक्ष नेप्सुहाङ्ग राई उपस्थिति रहेको थियो ।
कार्यक्रमका विजेता तथा उपविजेता टोलीलाई नगर प्रमुख, उपप्रमुख लगायत अतिथिहरूले पुरस्कार प्रदान गर्नु भएको थियो ।
समापन समारोह नगर खेलकुद विकास समितका सचिव अनुपराज खत्रीले संचालन गरेका थिए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

