समाचार/लेखलाई सेयर गर्नुहोस् ।

उदयपुर । मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक) ले विभिन्न रोजगार मूलक तालिम संचालन गर्ने भएको छ ।

कृपया यो पेज Like गर्नु होला

हुरण्डेकले वल्र्ड भिजन ईन्टरनेशनलसँगको साझेदारीमा कम्प्युटर, व्यूटीपार्लर र मोवाईल मर्मत तालिम संचालन गर्ने भएको हो ।

उदयपुर जिल्लामा पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनामा दर्ता रहेका बालबालिका तथा युवाहरुलाई सिटिईभिटीको सहकार्यमा तिन सय ९० घण्टे तालिम संचालन गर्न लागेको हो ।

हुरण्डेकद्धारा प्रदान गरिने तालिम सिटिईभिटीको लेभल -१ पाठ्यक्रम अनुसारको तालिम हुने छ ।
अहिले तालिम प्रदान गर्ने संस्था छनौट गर्ने प्रक्रियामा रहेकाले संस्था छनौट सम्पन्न भएपछि तालिम संचालन गरिने हुरण्डेक उदयपुरले जनाएको छ ।

हुरण्डेकले शनिबार एक सूचना जारी गर्दै तालिम प्रदान गर्ने संस्थाको आवेदन माग गरेको छ । हुरण्डेकद्धारा जारी सूचनामा भनिएको छ । ‘सात दिन भित्र योग्य तथा इच्छुक सम्भावित इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरुबाट यस कार्यालयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।’

तपाईको प्रतिक्रिया