समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट । नेपाल आदिवासी जनजाती महासंघ उदयपुरले आईतबार नेपाल पत्रकार महासंघमा दीप प्रज्वलन गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

फोनिजले बैशाख ९ गतेलाई नेपाल पत्रकार महासंघको स्थापना दिवस हुनुपर्ने माग सहित महासंघको कार्यालयमा रहेको प्रेस स्वतन्त्रता स्तम्भमा दीप प्रज्वलन गरेको हो ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ र स्थापना दिवस २००८ बैशाख ९ गते हो भन्ने तथ्य स्थापित गर्न दिप प्रज्वलन गरिएको फोनिज उदयपुरले जनाएको छ ।

फोनिज उदयपुरका अनुसार इतिहासमा भएको प्रमाणित तथ्यलाई स्थापित गर्नका लागि कार्यक्रमको आयोजना गरिएको छ ।

दीप प्रज्वलनलाई छोटो सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा बरिष्ठ पत्रकार कौशल चेम्जोङले अरूलाई सह साँचो लेख्न प्रेरित गर्ने पत्रकारहरूले आफ्नो इतिहास किन जुठो लेख्छन्, त्यसैले त्यो इतिहासलाई पुनर्लेखन गरिनुपर्छ, सच्याइनुपर्छ भन्ने आधार हामी नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाउन गइराखेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश सचिव हरी कुमार राई, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, पत्रकार महासंघका उपाध्यक्ष गंगा राई, लगाएतका नेता पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया