समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कटारी ।  ताप्ली गाउँपालिका वडा नम्बर २ नारीमालामा आगलागीबाट तीनघर जलेर नष्ट भएको छ ।

कृपया यो पेज Like गर्नु होला

आज दिउँसो भएको आगलागीमा परी यामबहादुर मगर , उत्रबहादुर मगर र अम्बिरबहादुर मगरको घर जलेर नष्ट भएको हो ।

वडाध्यक्ष छत्रबहादुर श्रेष्ठका अनुसार घरमा कोही नभएका बेला आगलागी भएको हो । ‘आगलागीबाट घरहरु पूर्णरुपमा जलेका छन् , घरको सवै नगद , अन्नपात , कुखुरा , बाख्रा मरेका छन् ।’उनले भने , ‘घरमा कोही नभएको बेला एक्कासी आगो सल्किएको रहेछ ।’

दिउँसो सम्ममा स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन् । ‘अम्बिरबहादुरको नगद १५ हजार , उत्रबहादुरको नगद ११ हजार , यामबहादुरको कुखुरा , बाख्रा सवै जले ।’वडाध्यक्ष श्रेष्ठले भने , ‘ कति जतिको क्षति भयो भन्ने कुरा यकिन भएको छैन् , बिवरणहरु संकलन गरिरहेका छौं ।’

स्थानीय थविन्द्र मगरका अनुसार खाना खाएर घरका मानिसहरु घाँस काट्न तथा अन्य काममा घरबाहिर गएका थिए । घरमा कोही नभएका समयमा अचानक उत्रबहादुर मगरको गोठबाट आगो सुरु भएको थियो ।

ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले आगलागी भएको पुष्टि गर्दै घटनास्थलमा प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी खटिएको बताए । उनका अनुसार स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् ।
आगलागीबाट धेरै क्षति भएपनि कति क्षति भयो भन्ने बारे प्रहरीले तथ्यांक संकलन गरिरहेको उपरीक्षक राईले बताए ।

तपाईको प्रतिक्रिया