समाचार/लेखलाई सेयर गर्नुहोस् ।

गाईघाट– पाथिभरा मन्दिर दर्शन गरेर फर्कदै गरेका एकै परिवारका १३ सहित १४ जना तिर्थयात्री सवारी दुर्घटनामा परेर घाईते भएका छन्।

कृपया यो पेज Like गर्नु होला

घाईते मध्ये ९ जनाको अवस्था गम्भिर छ। मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्ड अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा मे १ ज १९४७ टाटाको सुमो आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक र एकै परिवारका १३ जनासहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घाइते हुनेहरुमा उदयपुरको त्रियुगा घर भएका जीप चालक प्रविण दनुवार, ताप्लेजुङ मिक्वाखोला–२ का चन्द्रप्रसाद थापा, झापा मेचीनगर–६ की वन्धना भण्डारी, उनका छोरा प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ फुङलिङ–३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइली छन्।

उनीहरूलाई तत्कालै उपचारका लागि पाँचथर अस्पताल लगिएको र गम्भिर अवस्थाका ९ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल झापा रिफर गरिएको प्रहरीले जनाएको छ।

बाँकी पाँच जनाको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको छ। जीप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। जीप सडकदेखि ५० मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया