समाचार/लेखलाई सेयर गर्नुहोस् ।

कृपया यो पेज Like गर्नु होला

इलाम। आगामी वैशाख १५ गते इलाम क्षेत्र २ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्बाङको चुनावी अंकगणितमा सबैभन्दा अगाडि छन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा निर्वाचन हुँदा एमाले एक्लै र कांग्रेस, माओवादी, नेकपा(एस)लागयतका दल एकैठाउँ हुँदा पनि एमाले विजयी भएको थियो । एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका डम्बर खड्काले २९ हजार छ सय नौ मत ल्याएका थिए । रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए ।

समानुपातिकतर्फ पनि यो क्षेत्रमा एमालेले नै सबैभन्दा बढी मत ल्याएको थियो । समानुपातिकमा एमालेले सबैभन्दा बढी २६ हजार पाँच सय ६२ मत ल्यायो । कांग्रेसले २२ हजार तीन सय ३३ र रास्वपाले चार हजार छ सय ८६ मतमात्र ल्याएका थिए । माओवादीले समानुपातिकमा पाँच हजार एक सय ५३ मत ल्याएको थियो ।

२०७९ सलामा एमालेको प्रत्यक्षमा आएको मत र माओवादीको पाँच हजार एक सय मत जोड्दा अहिले सुहाङको मत कम्तीमा पनि ३५ हजार मतभन्दा बढी हुन्छ । कांग्रेसले २०७९ सालमा पाएको २९ हजार छ सय नौ मतमा माओवादीको मत घटाउँदा २४ हजार चार सय ५६ मत हुन्छ । यसमा पनि २०७९ सालको निर्वाचनमा कांग्रेसलाई नै भोट हालेको नेकपा (एस)को मत पाँच सय ८६ मत घटाउँदा २३ हजार हाराहारी मतमात्र कांग्रेसको हुन्छ ।

२०७९ को निर्वाचनमा रास्वपाले देशभर घन्टी हल्लाउँदा इलाममा यसको खास प्रभाव परेन । विजेता उम्मेदवारले ३० हजारभन्दा बढी मत ल्याउँदा रास्वपा चार हजार हाराहारी मतमा खुम्चिनुले अब पनि रास्वपाको मत विजयी हुनेगरीको अवस्था पु¥याउन फलामको चिउरा नै हुने देखिन्छ ।

यसपटक गठबन्धन नहुँदा कांग्रेसको मत घटेको र एमाले अरू दलसँग गठबन्धनमा रहेकाले पनि एमालेका उम्मेदवार सुहाङ नेम्बाङ अंकगणितमा सबैभन्दा अगाडि छन् ।

तपाईको प्रतिक्रिया