उदयपुर, फागुन १ ।
उदयपुरको गाईघाटमा चारदिन अघि देखि सन्चालन भएको चौथो रमपम उदयपुर गोल्डकपको आजको खेलमा रुपन्देही ११ ले रमपम झापालाई पराजित गर्दै सेमिफाईनलको स्थान सुरक्षित गरेको छ । खेलको निर्धारित समयमा गोल बराबर भएपछि रुपन्देहीले झापा सर्डेन डेथमा ५ गोलको विरुद्ध ६ गोलले पराजित गर्दै जीत हात पारेको छ ।
खेल अवधिमा दुबै तर्फबाट एक एक गोल भई बराबरीमा टुंगिएपछि भएको ट्राईब्रेकरमा समेत बराबरी भएपछि खेल सर्डेन डेथमा पुगेर टुंगिता रुपन्दैहीले एक गोलले अग्रता गर्दै जीत हात पारेको हो ।
खेलको २२ औं मिनेटमा झापाका जर्सी नम्बर १० का रेजिन सुब्बाले पहिलो गोल गरेका थिए ।
७२ औं मिनेटमा रुपेन्देहीका जर्सी नम्बर १२ का विकी चौधरीले एक गोल फर्काएर खेललाई बराबरी पारेका थिए ।
ट्राईब्रेकरमा दुबै तर्फका पाँच पाँच खेलाडीले गोल हान्दा एक एक गोल मिस भई चार चार गोलमा बराबरी भएपछि सर्डेन डेथमा पुगेको थियो ।
रुपेन्देहीका जर्सी नम्बर १३ का दिपक राई, जर्सी नम्बर १९ का सौरभ मगर, जर्सी नम्बर ८ का उत्तम गुरुङ, जर्सी नम्बर ५ का विजय धिमाल, जर्सी नम्बर २५ का दिलिप क्षत्री, जर्सी नम्बर ४ का कालु थापा र जर्सी नम्बर १६ का विक्रम लिम्बुले गोल गरेका थिए ।
भmापाको तर्फबाट जर्सी नम्बर ३ का दिलेन मोक्तान, जर्सी नम्बर १३ का राजकुमार लिम्बु, जर्सी नम्बर १२ का खामिन गिल्सन, जर्सी नम्बर २ का विसाल गुरुङ र जर्सी नम्बर १० का रजिन सुब्बाले गोल गरेका थिए । राम्रो खेल प्रदर्षन गरेका सुब्बा नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई आयोजकले पाँच हजार नगद सहित पुरस्कार प्रदान गर्यो ।
पहिलोचरणको सम्पूर्ण खेल सकिएसंगै सोमबारदेखिका लागि खेल सेमीफाईनल खेलमा प्रवेश गरेको छ । भोलीको खेल मोरङ ११ र सिएमसी संकटा काठमाडौं बीच हुने आयोजकले जनाएको छ ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया