गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाका-१३ स्थित बेहडवामा सञ्चालित बेहडवा थारु होमस्टेले एक पछि रेकर्ड कायम गर्दै आएको छ ।

कृपया यो पेज Like गर्नु होला

थारु समुदायको सास्कृतिक परम्परामा आधारित भएर संचालित होमस्टेमा अहिले दैनिक सयौँको सख्यामा पर्यटकको आगमन हुने गरेको छ ।

होमस्टेले उत्कृष्ट गन्तब्यको पुरस्कार प्राप्त गरेपछि होमस्टेमा बस्न आउने पर्यटक मात्र नभएर चलचित्र छायाँकन र म्युजिक भिडियोको समेत सुटिङ गर्न आउन थालेका छन ।

पछिल्लो समय थारु गीत ‘लवका बच्छर के लवका जोस’ को म्युजिक भिडियो छायाँकन सम्पन्न भएको छ । निर्देशक राजु चौधरीको निर्देशन र कोरियोग्राफिर संजय साहको परिकल्पना अनुसार थारु गितमा नायकको रुपमा प्रमोद चौधरीले भुमिका खेल्नु भएको छ ।

बेहड्वा थारु सामुदायिक होमस्टेमा खिचिएको थारु गीत ‘लवका बच्छर के लवका जोस’ युट्युब च्यानल एन्जेल ईन्टरटेनमेन्ट च्यानलबाट सार्वजनिक हुने जनाईएको छ ।
एक पछि अर्को राष्ट्रिय पुरस्कार पाएपछि मेचीदेखि महाकालीसम्म र हिमाल पहाडसहित आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको होमस्टे सञ्चालक बताउँछन् । पर्यटकको आगमन बढे्सँगै आम्दानी पनि वृद्धि भएको व्यवसायी बताउँछन् ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया