गाईघाट । चितवनमा सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगितामा उदयपुरका निमा र संजयले जुनियर तर्फको उपाधि कब्जा गरेका छन ।
चितवनको भरतपुरमा शनिबार सम्पन्न प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता-२०८० (एमटिबी-एक्ससीओ) प्रतियोगितामा जुनियर तर्फ उदयपुर जिल्ला साइकलिङ्ग संघ निमा शेर्पा प्रथम र संजय राई द्धितिय स्थान हासिल गर्न सफल हुनु भएको जिल्ला साईकिलिङ संघका अध्यक्ष जितु रोईलाले जानकारी दिनु भयो ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा भरतपुर महानगपालिका प्रवर्द्धक र राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग र चितवन साइकल राइडर्स क्लबको सहयोगमा प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला साईकिलिङ संघका निमा शेर्पा त्रियुगा नगरपालिका वडा नम्बर १० का हुन भने संजय कटारी नगरपालिकाका बासिन्दा हुन ।
जुनियर साईकिलिङबाट प्रतिनिधित्व गर्ने निमाले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर विभिन्न पदकहरु प्राप्त गरिसकेका छन ।

कृपया यो पेज Like गर्नु होला

Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया