कृपया यो पेज Like गर्नु होला

बेल्टार। गत बुधबार चौदण्डीगढी नगरपालिकाको केन्द्र बेल्टारमा बजारमा उद्घाटन भएको “बेल्टार मिनी महोत्सव २०८०”मा भोली शनिवार चर्चित गायिका अन्जु पन्त आउने आयोजकले जानकारी दिएको छ ।

अन्जु पन्त नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो । उनले न बिर्सें तिमीलाई…, म तिमि बिना मरिहाल्छु…., सुर्के थैली खै…., ‘म यस्तो गीत गाउँछु….’, ‘भन्छु आज….’, तिमि रोएको पल… लगायत दर्जनौ चर्चित गीतहरुमा आफ्नो आवाज दिएकी छिन । उनी चर्चित गायिकाले शनिवार बेल्टार तताउने भएकी हुन ।

बुधबार बाट सुरु भएको महोत्सव चैत ६ गते सम्म संचालन हुने बेल्टार जिम एण्ड फिटनेसका अध्यक्ष मिलन रिजाले बताए । उनका अनुसार महोत्सव बेल्टार जिम एण्ड फिटनेस चौदण्डीगढी ६ को सहयोगार्थ संचालन गरिएको हो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया