अन्जनी कुमार अधिकारी
गाईघाट। उदयपुर सदरमुकाम गाईघाटमा भएको राष्ट्रिय युवा संघ नेपाल उदयपुर र नेकपा एमाले उदयपुर बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपाल उदयपुर विजयी भएको छ ।
“न्याय प्रेमी युवा युवा संघमा, सामाजिक रुपान्तारण युवाको काधमा“ भन्ने मुला नारा सहित राष्ट्रिय युवा संघ नेपाल उदयपुरको आयोजना भएको खेल राष्ट्रिय युवा संघ नेपाल उदयपुरले जित हाँसिल गरेको हो । नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनको उपलक्षमा प्रचारात्मक मैत्रीपूर्ण फुटबल खेलमा एमाले उदयपुरलाई २ गोलका बिरुद्ध ३ गोल गर्दै युवा संघ उदयपुर विजयी भएको हो ।
मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ उदयपुरका अध्यक्ष बिमल भण्डारीले आसन्न नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिबेशनको प्रचार प्रसारमा सहयोग पुग्ने र सबै पार्टीका नेता एवम् सम्पूर्ण जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुलाई एकताबद्ध गर्दै आगामी अधिवेशन सभ्य र भब्य रुपमा सम्पन्न गर्न सकारात्मक उर्जा थप्ने बताउनु भयो ।
मैत्रीपूर्ण खेलको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज अम्बिका थापाले गर्नु भएको थियो । खेलमा नेकपा एमालेको तर्फबाट कोशी प्रदेश सचिवालय सदस्य ईश्वरमणी राउत, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, त्रियुगा नगर पालिका उपप्रमुख महेश्वरी राई लगायतले खेल खेल्नु भएको थियो ।
![]() |
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


















