उदयपुर, माघ २८
चौथो रमपम उदयपुर गोल्डकपको दोस्रो दिनको खेलमा आयोजक उदयपुर ११ पराजित भएको छ । आज भएको खेलमा हार्भेष्ट हिमालयन शेर्पा काठमाडौंले आयोजक उदयपुर ११ लाई १ को विरुद्ध ४ गोल गरी पराजित गरेको हो ।
खेलको ११ औं मिनेटमा शेर्पाको तर्फबाट पहिलो गोल भएको थियो । शेर्पाको जर्सी नम्बर ९ का सुरज हमालले पहिलो गोल गरेका थिए । त्यसको जवाफमा २२ औं मिनेटमा उदयपुरका जर्सी नम्बर २५ का रामु थापा मगरले १ गोल फर्काएर बराबरीमा पुर्याएका थिए । उदयपुरको दुर्भाग्यबस् जर्सी नम्बर ४ का लक्ष्मी पञ्जियारले आत्मघाती गोल गरेर टिमलाई एकगोल पछि बनाए ।
दोस्रो हाफको ३४ औं मिनेटमा शेर्पाका जर्सी नम्बर ४ का विदेशी खेलाडी मौसा कामागाटेले गोल गरेर टिमलाई ३ गोलमा पुर्याएका थिए । ३७ औं मिनेटमा शेर्पाका जर्सी नम्बर १० का विश्वास श्रेष्ठले गोल गरेर टीमलाई ४ गोलमा पुर्याएका थिए । खेलको म्यान अफ द म्याच उनी नै घोषित भए । उनलाई आुयोजकले नगद हजार पुरस्कारसहित पुरस्कृत गर्यो । भोलीको खेल एपीएफ क्लव काठमाडौं र मोरङ ११ बीच हुने आयोजकले जनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

