कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी

बेल्टार। उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिकामा जारी पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ६ ले जितेको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा वडा नम्बर ३ लाई ० का बिरुद्ध ३ गोल गर्दै  पाँचौ संस्करणको मेयर फुटबल प्रतियोगिताको उपाधी वडा नं. ६ ले जितेको हो।

वडा नम्बर ६ लाई जित दिलाउन जर्सी नं. १७ का सन्जय तामाङले खेलको ३२औं मिनेटमा सुरुवाती गोल गरेका थिए। खेलको ४२ औं मिनेटमा वडा नम्बर ६ का जर्सी नम्बर ७ का अनिष बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पुर्याएका थिए। खेलको ६९ औं मिनेटमा वडा नम्बर ६ कै खेलाडी सुदिप कार्कीले गोल गर्दै आफ्नो टिमलाई ३–० को जित दिलाएका हुन।

प्रतियोगिता अन्तर्गत आजको खेलमा वडा नम्बर ६ का अनिष बस्नेत म्यान अफ द म्याच भए।

पाँचौ संस्करणको उच्च गोल कर्तमा वडा नम्बर २ का सचिन खड्का भए उनले प्रतियोगितामा ४ गोल गरेका थिए। प्रतियोगिता अन्तर्गत उत्कृष्ट गोल रक्षकमा वडा नम्बर ६ का लभकुश मगर भए भने उदयमान खेलाडी कुशल मगर वडा नम्बर २ भएका थिए । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर वडा नम्बर ४ का हेमराज थापा भए भने उत्कृष्ठ मिडफिल्ड वडा नम्बर ६ का अनिला राई भए । प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधी भने वडा नम्बर ३ का रोशन राईले पाए ।

प्रतियोगिता अन्तर्गत बिजेता बनेको वडा नम्बर ६ ले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको थियो भने उपविजेता बनेको वडा नम्बर ३ नगद २५ हजारमा चित्त बुझाउन बाध्य बनेको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया