अन्जनी कुमार अधिकारी
बेल्टार। चौदण्डीगढी नगरपालिकाले १३औं अन्तर पालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा सहभागी खेलाडीको बिदाई गरेको छ ।
बुधबार नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुँवर, नगर खेलकुद सचिव अनुपराज खत्री लगायत सम्बन्धित विधालयका प्रध्यानाध्यापकहरुले खेलाडीहरुलाई बिदाई गरेका हुन ।
भलिबल, कवडी, एथलेटिक्स (१ सय, २ सय, ४ सय, ८ सय र १५ सय मिटर), हाइजम्प, त्रिपलजम्प, लमजम, ज्यावलिङ्ग थ्रो, रिले (४x१००, ४x४००) , तेक्वान्दो लगायतका खेलका लागि नगर भित्रका बिभिन्न विधालयका ९० जना छात्रा छात्रलाई बुधबार खेलाडीहरूलाई पोसाक सहित बिदाई गर्नु भएको हो ।
गत पुस महिनामा अन्तर विधालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सहभागी भएर हरेक विधामा प्रथम हुने बिधार्थीहरुलाई अन्तर पालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० मा सहभागी गराइएको नगर शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरले जानकारी दिनु भयो ।
१३औं संस्करणको अन्तर पालिका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता -२०८० जिल्लाको कटारी नगरपालिकामा यही माघको २५, २६ र २७ गते संचालन हुदैछ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

