उदयपुर, माघ २७
उदयपुरको थरुहट उदयपुर रंगशाला गाईघाटमा विहिबारदेखि सन्चालन भएको उदयपुर गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा सिएमजी संकटा काठमाडौंले धरान फुटबल क्लवलाई १ को विरुद्ध ३ गोल गरी जीत हाँसिल गरेको छ ।
चौथो रमपम उदयपुर गोल्डकपको नाम दिइएको फुटवल प्रतियोगिताको खेलकुद विकास परिषदका सदस्य सचिव केशब विष्टद्वारा उद्घाटन गरिएपछि सन्चालन भएको खेलको २३ औं मिनेटमा संकटाका जर्सी नम्बर १८ का सौजन राईले पहिलो गोल गरेका थिए ।
खेलको ४४ औं मिनेटमा संकटाको तर्फबाट जर्सी नं. १९ का लावन ओलाकेनले थप अर्को गोल गरेका थिए । त्यसको लगत्तै खेलको अन्तिम समयमा संकटाका जर्सी नम्बर ९ का राज पौडेलले १ गोल थपेका थिए ।
दोस्रो हाफको २३ औं मिनेटमा धरानका जर्सी नम्बर १६ का प्रकाश बुढाथोकीले १ गोल गरेर बराबरीमा पुर्याएका थिए । खेलको म्यान अफ द म्याच नगद ५ हजार पुरस्कारसहित उनी नै घोषित भए ।
भोली हिमालय शेर्पा क्लव काठमाडौं र घरेलु टिम उदयपुर ११ बीच हुने आयोजकले जनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

