बेल्टार। चौदण्डीगढी नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । अघिल्लो वर्षदेखि सुरु हुँदै आएको पालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को दोश्रो संस्करण चौदण्डीगढी नगरपालिकामा मंगलबारबाट सुरु भएको हो ।
चौदण्डीगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास समिति र नगर युवा तथा खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता २६ गते समापन हुने चौदण्डीगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितामा कवडी, भलिवल, रिलेरेस, हाईजम्प, लंगजम्प, तेक्वान्दो, सर्टफुट, ज्याबेलिंग थ्रो, दौड प्रतियोगिता लगायतका प्रतियोगिता हुने नगर युवा तथा खेलकुद विकास समितिका सचिव अनुपराज खत्रीले बताउनु भयो ।
प्रतियोगिताको उद्घाटन नगर उपप्रमुख मणिकादेवी दुलालले एक कार्यक्रमका बीच मंगलबार गर्नु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख दुलालले “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय नारालाई सार्थकता दिदै विद्यार्थीलाई पढाईमा मात्र सिमित नगरी विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा सहभागी गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
पुस २६ गते दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रम रहेन चौदण्डीगढी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

