कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी

बेल्टार। चौदण्डीगढी नगरपालिका २ चारघरे स्थित सयपत्री युवा फुटबल क्लव द्वारा आयोजित नकाउट फुटबल प्रतियोगिताको उपाधी ब्रदरउड क्लव बेलकाले जितेको छ ।

हात्तिसार फुटबल क्लव चौदण्डीगढी र ब्रदरउड क्लव बेलका बीच भएको उपाधि होडमा प्रतिस्पर्धा भएको थियो । उपाधीकालागि भएको प्रतिस्पर्धामा हात्तिसार फुटबल क्लव चौदण्डीगढीलाइ १ का बिरुद्ध ३ गोल गर्दै ब्रदरउड क्लव बेलकाले उपाधी चुमेको हो ।

निर्धारित खेलको पहिलो हाल्फमै २ – ० गोलको अग्रता लिएको ब्रदरउड क्लव बेलकाले दोश्रो हाल्फमा थप एक गोल गरेको थियो । खेलको दोश्रो हाल्फमा हात्तिसार फुटबल क्लव चौदण्डीगढीको तर्फबाट सान्तोना गोल गरेको भएपनी जीतका लागि प्रयाप्त नहुदा हात्तिसार फुटबल क्लव चौदण्डीगढी उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।

प्रतियोगिताको बिजेता बनेको ब्रदरउड क्लव बेलकाले नगद बीस हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने हात्तिसार फुटबल क्लव चौदण्डीगढीले नगद रु १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

गत पुस १० गतेबाट संचालित प्रतियोगिता आज मंगलावर सम्पन्न भएको हो । प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न नगर खेलकुद विकास समिति चौदण्डीगढी, वडा नं. २ र ५, स्थानीय समाज सेवी ज्ञानेन्द्र प्रधान, ब्यबसायी गोपाल अधिकारी लगायतले सहयोग गर्नु भएको थियो । खेललाई सफलरुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाइ क्लवका अध्यक्ष अजय श्रेष्ठले धन्यबाद ज्ञापन गरे ।

मंगबार भएको फाइनल खेल नगर खेलकुद विकास समिति चौदण्डीगढी नगरपालिकाका अध्यक्ष नन्दु मगर, सचिव अनुपराज खत्री, कार्यपालिका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थितिमा सम्पन्न गरिएको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया