बेल्टार। चौदण्डीगढी नगरपालिका २ चारघरे स्थित सयपत्री युवा फुटबल क्लव द्वारा आयोजित नकाउट फुटबल प्रतियोगिताको मंगलबार चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले उद्घाटन गर्नु भएको छ ।
मंगलबार उद्घाटन भएको प्रतियोगिता यही पौष १७ गते सम्म संचालन हुने क्लवका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा छिमेकी पालिकाका क्लव र स्थानीय क्लवहरु गरि कुल ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
मंगलबार भएको उद्घाटन खेलमा ब्रदरउड क्लव बेलका र बेल्टार डी.डी.वाई.सी. श्रीपंचमी बिच खेल भएको थियो । खेलमा ब्रदरउड क्लव बेलका विजयी भएको छ । खेलको निर्धारित समयमा दुवै टिमले ३-३ को बराबरी खेलेपछी खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा डी.डी.वाई.सी. श्रीपंचमीलाइ ४ का बिरुद्ध ५ गोल गर्दै ब्रदरउड क्लव बेलका विजयी भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद बीस हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोश्रो हुने हुने टिमले १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

