उदयपुर प्रहरीले जिल्ला व्यापी रुपमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतना कार्यक्रम संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुले दैनिक जसो विभिन्न शिर्षकमा सचेतना कार्यक्रम संचालन गरी रहेको छ । यसैविच समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय लिम्चुङबुङ उदयपुरको आयोजनामा ‘बालबिवाह तथा बहुविवाह’ सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।

कृपया यो पेज Like गर्नु होला

जिल्ला प्रहरी कार्यालय उदयुरका अनुसार जिल्लाको लिम्चुङबुङ गाउपालिका वडा नम्बर ३ स्थित महेन्द्र मा.बि. बराहामा अध्ययानरत विद्यार्थीहरुलाई प्रहरीले अनुशिक्षण दिएको छ ।
बाल विवाह र बहु विवाह गर्दा हुने कानुनी दण्ड सजायको बारेमा बालबालिकाहरुलाई प्रहरीले जानकारी गराएका थिए । त्यसैगरी रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय रौतामाई उदयपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला उदयपुर रौतामाई गा.पा. वडा नं. २ रसुवा मा.बि भुटारमा अध्ययानरत विद्यार्थीहरुलाई ‘सवारी दुर्घटना न्यूनिकरण’ सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया