उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदीमा मनाइने छठ पुजाको तयारी पुरा भएको छठ पुजन व्यवस्थापन समितिले जनाएको छ ।
गाईघाटको त्रियुगा बस पार्क स्थित त्रियुगा नदीको किनारामा पुजा स्थल तयार पार्नुका साथै विशेष सांस्कृतिक कार्यक्रम, स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, मानवीय उद्धार सेवा लगायतका सेवा सहितको व्यवस्थापन गरिएको छठ पुजा समिति गाईघाटका संस्थापक अध्यक्ष राहुल यादवले बताए ।

कृपया यो पेज Like गर्नु होला

करीब ५ सय जनालाई पुजा गर्नै घाट निर्माण गरिएको नदीमा आवत जावत गर्न तीन ठाउँमा अस्थायी पुल निर्माण गर्नुका साथै बैतालुकालागि तत्काल आवश्यक पर्ने सामान खरिद गर्न अस्थायी पसलसमेत पुजा स्थलमा व्यवस्था गरिएको छ ।

रातीमा जाग्राम बस्नेहरुकालागि नाँच गान सहितको साँस्कृतिक कार्यक्रम, तथा विभिन्न प्रकारका खेल तमासाहरु सहित व्यवस्थापन गरिएको र विद्युतको उचित व्यवस्थापन, छठ पुजा स्थलमा कुनै समस्या आइपरेको आपतकालिन उद्धारको व्यवस्था समेत गरिएको समितिका अध्यक्ष चन्दन साहले बताए ।

गाईघाटमा कहिलेदेखि छठ पुजा प्रारम्भ गरिएको हो त्यसको एकिन नभए पनि आफू बुझेसम्म जानेसम्म सम्झेसम्म तीस वर्ष भन्दा पहिलेदेखि छठ मनाउँदै आएको तर व्यवस्थित रुपले भने २०७२ सालदेखि मनाउन थालिएको अध्यक्ष साहले बताए ।

आफुले चिताएको मनोकामना पुरा हुने र शरीरमा रोग व्याध नलागोस्। सबेमा सुख शान्ति होस् र अन्नपात फलफूल लगायतका कालीनाली राम्रो उब्जाहोस् भन्ने कामना सहित मनाइने छठ पर्व तराईको मात्र नभएर सिंगो देशकै राष्ट्रिय पर्वका रुपमा मनाउन थालिएको छठ पुजा समितिका अर्का सदस्य सुरज साहले बताए । जिल्लाको तावा, कमला, त्रियुगा, लगाएतका खोला तथा नदी किनारामा पुजा स्थल निर्माण गरी छठ पुजा मनाईदै आएको छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया