उदयपुर प्रहरीले कानुन उल्लघन गर्नेलाई कार्वाहीको साथै कानुनी साक्षरता तथा सचेतना कार्यक्रम संचालन गरेको छ ।
जिल्लाका विभिन्न प्रहरी युनिटहरुले फरक फरक शिर्षकमा सचेतना कार्यक्रम संचालन गरिरहेको हो ।
रौतामाई गाउँपालिका वडा नम्बर ७ को अस्थायी प्रहरी चौकी संगमचोकले मानव वेचविखन सम्बन्धी सचेतना कार्यक्रम संचालन गरको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी चौकी संगमचोक, उदयपुरको आयोजनामा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई स्थित श्री जनता माध्यमिक बिद्यालय अध्ययनरत छात्र/छात्रा तथा स्थानियबासीहरुको उपस्थितिमा ‘मानव बेचविखन’“ सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय जलजले, उदयपुरको आयोजनामा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ६ जलजले ढाट स्थित स्थानीयवासीहरुको उपस्थितिमा ‘मानव बेचविखन’ सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ ।
प्रहरी चौकी उदयपुरगढी, उदयपुरको आयोजनामा उदयपुरगढी गाउँपालिका वडा नं. ५ तोरीवारी स्थित स्थानीयवासीहरुको उपस्थितिमा ‘सवारी दुर्घटना न्यूनिकरण’ सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरिएको प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

