कोशी प्रदेश सरकारले गरेको मूल्यांकनमा जिल्ला अस्पताल उदयपुर प्रदेशकै सर्वोकृष्ट बन्न सफल भएको छ । कोशी प्रदेश भरका १४ जिल्ला मध्ये जिल्ला अस्पताल उदयपुर प्रथम बनेको हो ।
आर्थिक बर्ष २०७८/०७९ मा १४ औ स्थानमा रहेको जिल्ला अस्पताल उदयपुरले इतिहास रच्दै आर्थिक बर्ष २०७९/०८० मा प्रथम स्थान ओगट्न सफल भएको जिल्ला अस्पतालका सूचना अधिकारी योगेश खनालले जानकारी दिए ।
कोशी प्रदेश भरका अस्पतालले २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरूको मूल्याकंन गर्दा जिल्ला अस्पताल उदयपुर प्रथम, जिल्ला अस्पताल ताप्लेजुङ द्धितिय र जिल्ला अस्पताल सोलु तृतीय बनेको जनाईएको छ ।
‘जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञानेन्द्र कुमार झा को नेतृत्वमा आव २०७९/०८० गरेको कार्यको मूल्याकनमा उदयपुर अस्पताल प्रदेशकै प्रथम बनेको हो ।’ सूचना अधिकारी खनालले भने, ‘कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा कार्तिक २१ देखी २३ सम्म भएको प्रदेश स्तरीय एकिकृत बार्षिक समिक्षा गोष्ठीमा उदयपुर अस्पतालका मेसु डा झा लाई सम्मान गरिएको छ, यो उदयपुरबासीको गर्वको कुरा हो ।’
जिल्ला अस्पताल उदयपुरमा मेसु ज्ञानेन्द्र कुमार झाले नेतृत्व सम्हाले पछि उपचार सेवा विस्तारमा एकपछि अर्को फड्को मार्दै आएको छ ।मेसु झाको नेतृत्वमा वाल, हाडजोर्नी तथा नसा, प्रसुती तथा महिला, फिजिसियन, सर्जरी लगाएतका विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउदै आएको छ ।
चालु आर्थिक बर्ष भित्र नै जिल्ला अस्पतालमा मिगौला रोगीहरुको लागि डायलिसिस सेवा समेत विस्तार गर्ने जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

