राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला चौदण्डीगढी नगर कमिटिको आयोजनामा यही कार्तिक २६ गते कमगतीको (स्लो) मोटरसाइकल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अन्तर्गत ४५ मिटरको दुरी सबै भन्दा धेरै लामो समयमा जसले पार गर्छ उनै प्रतियोगिताको विजेता हुने छ ।

कृपया यो पेज Like गर्नु होला

पछिल्लो समय तिब्र गतिमा सवारी चलाएर धेरैको ज्यान जानथालेपछी तिब्र गती जीवन क्षेती भन्ने जनचेतना स्वरूप स्लोव मोटरसाइकल दौडको प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिका कार्यबहाक अध्यक्ष भुवन राईले जानकारी दिनु भयो ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार १ सय ११ रुपैया नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ५ हजार १ सय ११ रुपैया नगद सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सवारीचालक अनुमति पत्र भएका जोकोहीले पनि प्रतिस्पर्धा गर्न पाउने राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश बिज्ञ प्रमुख दिनेश खड्काले बताउनु भयो ।

लागुऔषध, मदिरा सेवन जस्ता दुर्ब्यशानिलाई मुक्त गराउन र बिस्तारै सवारी चलाउदा पनि गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल उदयपुरका सचिव अनुपराज खत्रीले जानकारी दिनु भयो ।

हिजो मंगलबार राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिले पत्रकारले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस प्रतियोगितामा सहभागी हुन चाहनेले यही कार्तिक २५ भित्र आफ्नो नाम दर्ता गराई सक्नु पर्ने छ भने दर्ता स्वरूप पाँच सय रुपैया लाग्ने राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिले जनाएको छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया