अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुरमा जारी नवौं संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप २०८० को उपाधी बागमती युवा क्लब सर्लाही जितेको छ।
जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बसाहामा शनिबार भएको फाइनलखेलमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई १-० गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लब सर्लाहीले उपाधी चुमेको हो।
शनिबार  भएको फाइनलखेलको सुरुवाती तेस्रो मिनेटमै बागमती युवा क्लब सर्लाहीकालागि जर्सी नं २३ का सृजन गौतमले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। सृजनको गोल नै निर्णायक हुँदा सप्तरी उपाधी जित्न चुकेको हो।
खेलमा पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा  न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी प्रतियोगिताको उपबिजेताम चित्त बुझाउन पुगेको हो।
प्रतियोगितामा प्रथम भएको बागमती युवा क्लब सर्लाहीले नगद ४ लाख १ हजार सहित ट्रफी, मेडल, प्रमाण पत्र हात पारेको छ। भने प्रतियोगिताको उपबिजेता बनेको न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीले २ लाख १ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको हो । शनिबारको खेलमा म्यानअफद म्याच न्यू त्रियुगा स्पोर्ट्स क्लबका जर्सी नम्बर १५ का कुलदिप कार्की भएका थिए।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक बागमती युवा क्लब सर्लाहीका रबिन बस्नेत भए । प्रतियोगितामा सर्वाधिक गोल ३-३ गोल कर्ता बागमती का दिपेश चाम्लिङ र सप्तरीका बिदेशी खेलाडी फोफोना भएका थिए।  प्रतियोगिताकै उत्कृष्ट खेलाडी सर्लाहीका जर्सी नम्बर १८ का आयुस राना घोषित भए भने नवौं संस्करणको नारदमुनि स्मृति गोल्डकपमार्फत उदयमान खेलाडी बसाहा फुटबल क्लबका केवल तामाङ  घोषित भएका थिए। प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नगद रू ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।

कृपया यो पेज Like गर्नु होला

प्रतियोगिता अन्तर्गत शनिवार भएको फाइनल खेल अघि प्रतियोगिता समापन समारोहको आयोजना गरिएको थियो समापन समारोह कोशी प्रदेश सभाका सांसद सम्झना तामांगको प्रमुख अथित्यतामा भएको थियो । कार्यक्रमका बिशेष अतिथि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्व मेयर खगेन्द्र राई, स्थानीय बुद्धिजीवी, राजनीतिकर्मी, प्रहरी, संचारकर्मी लगायतको उपस्थितमा रहेको थियो । समापन समारोह संगै बसाहामा रहेको स्व. नारदमुनी थुलुंगको सालिकमा माल्यार्पण गरिएको थियो । प्रतियोगिताको फाइनल खेल हेर्न नारदमुनि रंगशालामा हजारौ दर्शकको उपस्थितिले मैदान खचाखच भरिएको थियो ।

प्रतियोगिता सम्पन्न भए संगै प्रतियोगितामा सहयोग गर्नुहुने सहयोगी दाताहरुलाइ सम्मान समेत गरिएको थियो ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया