उदयपुरको चौदण्डीगढी नगरपालिकाको केन्द्रबाट त्रियुगा नदीमा पुन नहुँदा वारपार गर्न समस्या छ । नगरपालिकाको वडा नं ५ सुन्दरपुर ९ र १० को हडिया गाउँमा जानका लागि पुल नहुँदा स्थानीयलाई वर्षौदेखि समस्या ज्यूकात्युहु छ । उक्त क्षेत्रबाट विजयी हुने प्रदेश सभा सदस्य र संघीय सांसद मौन रहेका छन् ।
वर्षाका समयमा र झन ठूलो समस्या हुन्छ भने हिउँदका समयमा पनि हडिया र सुन्दरपुर लगायतका गाउँबाट बेल्टार बजार आउन जान घुँडामाथि सम्म पानीमा हेलिएर हिड्नु पर्ने बाध्यता रहेको छ ।
२०७९ सालको निर्वाचनमा उदयपुरको निर्वाचन क्षेत्र १ ख बाट प्रदेशसभामा राजन किराती र संघीय संसदमा डा. नारायण खड्काले प्रतिनिधिसभाको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भए पनि विकास निर्माणका काममा चासो नदिएको स्थानीयको गुनासो रहेको छ ।
यस अघि शहरी विकास मन्त्री र परराष्ट्र मन्त्री समेत भैसकेका माननीय डा. खड्कालाई भेटेर स्थानीय पटक पटक नै त्रियुगा नदीमा पुल निर्माण गरिदिन अनुरोध गरेको भए पनि टेर पुच्छर नलगाएकोले बाध्य भएर बासको पुल हाल्नु परेको ज्यामिरे गाउँका बासिन्दा र हडियाका बासिन्दाले बताए ।
बेल्टार बजारबाट ५ सुन्दरपुर, ९ र १० नं वडा हडियाजान ज्यामिरे हुँदै जाँदा विचमा त्रियुगा नदीको फराकिलो बगर र बगेको पानी पर्दछ भने बेल्टार बजारबाट ५ नं वडाको सुन्दरपुर बजार जान सिवाईमा त्रियुगा नदी तरेर जानु पर्ने बाध्यता रहेको छ । चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश राउतले त्रियुगा नदीमा बेल्टारबाट हडियाँ जोडनकालागि २०७४ सालदेखि नै ह्युम पाइप लगाएर आफुले वडाको खर्च गरेर बनाएको र बाटो सुचारु भएको बताए ।
चौदण्डीगढी ९ का वडाध्यक्ष धर्मेन्द्र कुमार खड्काले पुल बनाइदिन्छु भनेर माननीय खड्काले पटक पटक भनेको तर योजना पार्न नसकेको र जनतालाई सधैँ ढाँट्ने झुक्याउने गरेको बताए ।
बेल्टारबाट सुन्दरपुर जोड्ने सिवाइमा त्रियुगा नदीको पुल नै वर्षौदेखि अलपत्र भएको छ । निर्माण सकिएर यातायात संचालन हुन नपाउँदै तीन वर्ष अघि भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भए पनि मर्मत संभार तर्फ ठेकेदारले वास्ता नगरेको स्थानीयको आरोप छ ।
१० नं वडाध्यक्ष खड्काले तत्काल बेल्टारबाट ज्यामिरे हुँदै हडिया जान आउनकालागि स्थानीय युवाहरुको पहलमा बासको अस्थायी पुल (फड्के) निर्माण गरेको र सो बासको पुल बनाउन ४ हजार घना बास प्रयोग भएको छ भने २ सय जनाले श्रम गरेको बताए ।
देवधार गाउँबाट हडिया जोड्ने पुल निर्माणकालागि ठेक्का लागेको जानकारी दिंदै वडाध्यक्ष खड्काले धरानको सूर्य एण्ड सन्स निर्माण कम्पनिले ३ सय ३० मिटर लामो पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताए ।
त्रियुगा नदीमा स्थायी पुल नहुँदा प्रत्येक वर्ष चौदण्डी गढी नगरपालिकाले वार्षिक १५ लाख रुपैया अस्थायी पुल बाटोमा खर्च गर्दै आएको जानकारी दिदैँ वडाध्यक्ष खडकाले वर्षै पिच्छे यसरी खर्च गरेर विकास हुँदै बरु स्थायी संरचना बनाउनतिर लाग्नु पर्ने बताए ।
चौदण्डीगढी वडा नं ५ का वडाध्यक्ष तुलसीराम ढकालले पनि माननीय डा. नारायण खड्काको वेवास्ताका कारण त्रियुगा नदीमा पुल बन्न नसकेको बताए । वडाध्यक्ष ढकालका अनुसार भोट माग्ने बेलामा डा. नारायण खड्काले अनेक बहाना गरेर विश्वास दिलाएर भोट मागे तर काम गर्ने बेलामा कुरा नसुनेको बताए ।
स्थानीय नेता कार्यकर्ताले पटक पटक फोन गर्दा पनि नउठाउने र विकास निर्माणको काम प्रति मतलव नराखेको गुनासो गरेका छन । उदयपुर १ बाट चार पटक माननीय भए पनि जनताको समस्या प्रति चासो नदिएकोले यस क्षेत्रका जनता नै आक्रोसित भएको गुनासो बढेको छ ।
बेल्टार बजारबाट सुन्दरपुर जोड्ने सिवाई स्थित त्रियुगा नदीको पुल बनाउन शुरु गरेको चौध वर्ष भयो । तीन वर्ष अघि भत्किएको थियो । तर भत्किएको पुल अहिले पनि जस्ताको त्यस्तै रहेको छ भने माननीय डा. खड्काले सो मर्मत संभार वा पुन निर्माणकालागि सम्बन्धित निकायमा पहल नगरेको ५ नं वडाध्यक्ष ढकालको भनाइ छ ।
अहिले त्रियुगा नदीमा पानी धेरै भएकोले अस्थायी पुल बाटो बनाएको छैन । पानी घटेपछि नदीमा २० थान होमपाइप राखेर करीब २ सय मिटर बाटो बनाउने योजना रहेको र दुई दिन पछि सो काम शुरु गर्ने वडाध्यक्ष ढकालले बताए ।
त्रियुगाको सिवाई स्थित भत्केको पुल निर्माणकालागि काठमाण्डौमा माननीय डा. खड्का सहित भएर विभिन्न दलका नेता कार्यकर्ताका साथमा छलफल भएको तर डा. खड्का आफ्नो पहुँच अनुसार उदयपुर १ को विकासमा ध्यान नदिएको वडाध्यक्ष ढकालले बता
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

