अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुरमा जारी नवौं संस्करणको नारदमुनी गोल्डेकपको फाइनलमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी प्रवेश गरेको छ।
बिहीवार भएको अन्तिम सेमिफाइनलमा कटारी फुटबल क्लब उदयपुरलाई ४ -० गोल अन्तरले पराजित गर्दै न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीले फाइनलमा बागमती युवा क्लब सर्लाही संगको भेट पल्का गरेको हो।
न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीलाई फाइनल प्रवेश गराउन दोश्रो सेमिफाइनल खेलको पहिलो हाल्फको ६ मिनेटमै गोल गर्दै न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नम्बर ७ का बिदेशी खेलाडी फोफोनाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
सप्तरीको जितलाई सुनिस्चित गर्न न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नम्बर १० का बिदेशी खेलाडी फोफोना इब्राहिमले २७औं र ३५औं मिनेटमा २ गोल गरेका थिए। खेलको दोश्रो हाल्फको ३६औं मिनेटमा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नम्बर ७ का फोफोनाले गोल गर्दै आफ्नो टोलिलाई ४-० को जित दिलाएका थिए।
कटारी फुटबल क्लब उदयपुरले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी संग स्तब्ध बनेको हो।
आज भएको खेलमा म्यानफद म्याच न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका जर्सी नम्बर १५ का टिम क्याप्टेन कुलदिप कार्की भएक थिए।
नवौं संस्करणको नारदमुनी गोल्डकप २०८० अन्तर्गतको फाइनल खेल कार्तिक ४ गते शनिबार न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र बागमती युवा क्लब सर्लाही बिच खेल हुने आयोजकले जनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

