कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी
बेल्टार। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित नारदमुनी रंगशालामा जारी नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा कटारी फुटबल उदयपुर र चित्लाङ फुटबल क्लब काठमाडौ  बिच खेल भएको छ।
खेलको पहिलो हाल्फ दुबै टिमले १-१ गोलको बराबरी खेलेका थिए।   खेलको ३२औं मिनेटमा चित्लाङ फुटबल क्लब काठमाण्डौका जर्सी नं. ११ का  राजिव लोप्चनले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका भएपनि खेलको ३९औं मिनेटमा कटारी फुटबल क्लब उदयपुरका जर्सी नं. ८ का बिदेशी खेलाडी बेबोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको दोश्रो हाल्फको ३ मिनेटमै  कटारी फुटबल क्लब उदयपुरका खेलाडी जर्सी नम्बर ६ का कोमल खवासले गोल गर्दै आफ्नो टोलिलाई २-१ को अवस्थामा पुर्याएका थिए। चित्लाङ फुटबल क्लब काठमाडौले थप गोल गर्न नसक्दा कटारी फुटबल क्लब उदयपुर संग स्तब्ध बनेको हो
आजको भएको खेलमा म्यानअफद म्याच कटारी फुटबल क्लब उदयपुरका जर्सी नम्बर ६ का कोमल खवास भएका थिए।
प्रतियोगिता अन्तर्गत भोलि बुधबारबाट प्रतियोगिताको सेमिफाइनल खेल सुरु हुनेछ। पहिलो सेमिफाइनलमा  बुधबार आयोजक समेत रहेको बसाहा फुटबल क्लब उदयपुर र बागमती युवा क्लब सर्लाही बिच खेल हुने आयोजकले जनाएको छ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया