काठमाडौं, माघ २३ – निश्चल बस्नेतको निर्देशन रहेको सिनेमा ‘लुट–२’ आइतबार सेन्सरमा जाँदैछ । सिनेमामा भएका केही शब्दहरुलाई सेन्सरबोर्डले टुट् अर्थात विफ लगाउने सम्भावना बढी देखिएको छ । लुटमा पनि सेन्सरले केही शब्दहरुमा टुट्को प्रयोग गरेको थियो । सेन्सरले अश्लिल र छाडा शब्दहरुमा टुट् हालेको हो । तर सिनेमाका सिनहरुमा कैची भने नलागेको निर्देशक बस्नेतले जानकारी दिएका छन् । ‘लुट–२’ को ट्रेलर हेरेपछि केही शब्दहरु अश्लिल भएको प्रतिक्रिया पनि आएका छन् । त्यस कारण सेन्सर बोर्डले ती शब्दहरुमा टुट् प्रयोग गर्न सक्ने सम्भावना बढी देखिएको छ ।
सिनेमा गत विहिबार नै सेन्सरमा जाने तयारी गरेको भएता पनि आन्तरिक कारण आइतबार सरेको हो । यो सिनेमामा दयाहाङ राई, ऋचा शर्मा, सौगात मल्ल, कर्मा लगायकतको मुख्य भूमिका छ ।
गीत र ट्रेलरको चर्चा
‘लुट–२’ को ट्रेलरले नेपाली सिनेमाको इतिहासमा कम समयमा सबैभन्दा धेरै दर्शक पाउने कीर्तिमानी राखिसकेको छ । रिलिज भएको केही दिन सिनेमाको ट्रेलर एक नम्बर ट्रेण्डिङमा थियो ।
त्यस्तै सिनेमामा समावेश दुईवटा गीतहरुले पनि निकै चर्चा पाएका छन् । ठमेल बजार र घ्याम्पे बोलका गीतलाई दर्शकले खुबै रुचाएका छन् । यहि सिनेमाको गीत ठमेल बजारमा नाचेर मोडल एलिशा राई पनि रातारात चर्चामा आएकी थिइन् ।
बिशेष भूमिकामा स्वस्तीमा !
यो सिनेमामा निर्देशक निश्चल बस्नेतकी श्रीमती अभिनेत्री स्वस्तीमा खड्काको पनि बिशेष भूमिकामा देखा परेको बुझिएको छ । निर्माण टिमले यसको आधिकारिक जानकारी नदिए पनि सिनेमामा स्वस्तीमा भएको खबर भने पक्का पक्की जस्तै छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

