गाईघाट । उदयपुरको गाईघाटमा उदयपुर साहित्य कला प्रतिष्ठानले शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । २०८० सालको वडा दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वको अवसरमा प्रतिष्ठानले शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
प्रत्येक महिनाको अन्तिम शनिबार हुँदै आएको सो रचना वाचन कार्यक्रममा शारदाप्रसाद भट्टराई, हर्कनारायण श्रेष्ठ, सीमाकुमारी मास्के, महेन्द्रकुमार राई, कुमार कोइराला, खिला घिमिरे, चन्द्रनारायण चौधरी, उद्धव घिमिरे, कीर्तिबहादुर खडका, विष्णुबहादुर खड्का, गोपाल हुँमागाई, तेजबिक्रम मल्ल, दिपेन्द्र राई, नविना राई, लक्ष्मी कुमारी घिमिरे, पासाङ लहामु शेर्पा लगायतका दुई दर्जन बढी साहित्यकारहरूले रचना वाचन गरेका थिए ।
उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको संचालनमा भएको सो रचना वाचन कार्यक्रममा स्रष्टाहरूले महंगी, भ्रष्टाचारका बारेमा सुन्दर कविताहरू वाचन गरेका थिए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

