उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित नारदमुनी रंगशालामा आजबाट सुरू भएको छ । शनिबार एक कार्यक्रमका बिच चौदण्डीगढी नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० सुरु भएको हो । नगरपालिकाका नगरप्रमुख कालुमान लामाले नवौं संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप उद्घाटन गर्नु भएको हो ।
शनिबार भएको उद्घाटन खेलमा “बसाहा क्लब उदयपुर” र “एभरेस्ट एफ सी सुनसरी” बिच प्रतिस्पर्धा भएको छ ।उदघाटन खेलमा “एभरेस्ट एफ सी सुनसरी” “बसाहा क्लब उदयपुर” संग २-१ गोल अन्तरले पराजित भएको छ ।खेलको पहिलो हाल्फ दुबै टोलिले गोलरहित बराबरी खेलेका थिए ।
दोश्रो हाफको ५औ मिनेटमा बसाहाका का खेलाडीको प्रहार एभरेस्ट क्लब सुनसरीका जर्सी नम्बर ४ का योगेस राईको खुट्टा लागेर गोलमा परिणत हुदा बसाहा क्लबले सुरुवाती अग्रता लिएको थिए । दोस्रो हापको १९औं मिनेटमा “बसाहा क्लवका” का जर्सी नम्बर २३ का जसबहादुर राईले गोल गर्दै आफ्नो टिमलाई २-० को अग्रता दिलाउन सफल भएका थिए ।
दोस्रो हापको २६औं मिनेटमा एभरेस्ट एफ सीका जर्सी नम्बर १० का निशान लिम्बुले गोल गर्दै आफ्नो टोलिलाइ २-१ को अवस्थामा पुर्याएका थिए ।
प्रतियोगितामा बिजयी हुने टिमलाई नगद ४ लाख १ हजार र दोस्रो हुनेलाई २ लाख १ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बसाहा क्लबका अध्यक्ष गौतम राईले जानकरी दिनु भयो ।
प्रतियोगिता अन्तर्गत भोलीको खेल न्यू त्रियुगा स्पोर्टिङ क्लव सप्तरी र ब्रीगेड ब्वाइज क्लव झापा बिच हुने आयोजकले जनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

