अन्जनीकुमार अधिकारी

कृपया यो पेज Like गर्नु होला

उदयपुर २७ अस‍ोज । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित नारदमुनी रंगशालामा आजबाट सुरू भएको छ । शनिबार  एक कार्यक्रमका बिच चौदण्डीगढी नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० सुरु भएको हो । नगरपालिकाका नगरप्रमुख कालुमान लामाले नवौं संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप उद्घाटन गर्नु भएको हो ।

शनिबार  भएको उद्घाटन खेलमा “बसाहा क्लब उदयपुर”  र “एभरेस्ट एफ सी सुनसरी” बिच प्रतिस्पर्धा भएको छ ।

उदघाटन खेलमा “एभरेस्ट एफ सी सुनसरी”  “बसाहा क्लब उदयपुर” संग २-१ गोल अन्तरले पराजित भएको छ।

खेलको पहिलो हाल्फ दुबै टोलिले गोलरहित बराबरी खेलेका थिए।

दोश्रो हाफको ५औ मिनेटमा बसाहाका का खेलाडीको प्रहार एभरेस्ट क्लब सुनसरीका जर्सी नम्बर ४ का योगेस राईको खुट्टा लागेर गोलमा परिणत हुदा  बसाहा क्लबले सुरुवाती अग्रता लिएको थिए।

दोस्रो हापको १९औं मिनेटमा “बसाहा क्लवका” का जर्सी नम्बर २३ का जसबहादुर राईले गोल गर्दै आफ्नो टिमलाई २-० को अग्रता  दिलाउन सफल भएका थिए।

दोस्रो हापको २६औं मिनेटमा एभरेस्ट एफ सीका जर्सी नम्बर १० का निशान लिम्बुले गोल गर्दै आफ्नो टोलिलाइ २-१ को अवस्थामा पुर्याएका थिए।

प्रतियोगितामा  बिजयी हुने टिमलाई नगद ४ लाख १ हजार  र दोस्रो हुनेलाई २ लाख १ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बसाहा क्लबका अध्यक्ष  गौतम राईले जानकरी दिनु भयो।

प्रतियोगिता अन्तर्गत भोलीको खेल न्यू त्रियुगा स्पोर्टिङ क्लव सप्तरी र ब्रीगेड ब्वाइज क्लव झापा बिच हुने आयोजकले जनाएको छ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया