राजकुमार राई

लिम्चुङबुङ गाउँपालिका,जस्तो सुकै राम्रो ब्यवस्था र प्रणाली भए पनि राज्यमा, कुनै स्थानमा र समाजमा परिवर्तन र बिकास गर्ने प्रमुख पक्ष शिक्षा, चेतना, विवेक र प्रविधि हो भन्ने कुरा सर्वमान्य विषय हो जो यी सबै चिज जनशक्तिमा हुने हुदा जनशक्ति पनि महत्व पुणर् हो । त्यसैले शिक्षामा लगानी गर्ने नीति निर्माण गर्न स्थानीय सरकारलाई हार्दी अपिल गर्दछु ।

कृपया यो पेज Like गर्नु होला

देशैभर कक्षा १० (एसइइ) को परिक्षाको परिणाम सार्वजनिक भएको बेला पालिकाको शिक्षा शाखा र सबै (१-१०) विधालयहरुले आफ्नो विधार्थीहरुले प्राप्त गरेको ग्रेड सार्वजनिक गर्न र खुसियाली मनाउन नसकिरहेको बेला शैक्षिक सस्थामा कार्यरत स्वयम् सेवक शिक्षकहरुलाई अबकास दिने निणर्य गरेर झन मनोबल कमजोड बनाउने कार्य गरेको प्रति हाम्रो ध्यानाकार्षण भएको थियो ।

त्यो बेला बिधार्थीहरुको रिजल्ट किन बिग्र्यो ?? ककस्तो कमजोडी कहाँ कहाँ भयो ?? अब आउने दिनमा राम्रो गर्न कस्ले के कस्ता कार्यहरु गर्ने ?? ककस्को कस्तो जिम्मेवारी हुने आदि विषयमा छलफल गर्ने बेला उल्टै शिक्षक संख्या घटाउदा हुदैन थियो ।

एउटा प्रशङ्ग र परिस्थितिमा भएको निणर्य कहिले काहि खारेजी गर्नु वा फिर्ता लिनु पर्ने बाध्यताहरु हुनसक्छ जो आज हाम्रो स्थानीय तहमा भएको जानकारी सामाजिक सन्जालबाट थाहा भएको छ । त्यसको लागि स्थानीय सरकारलाई धन्यवाद भन्न कन्जुस्याइ गर्नु हुन्न र समयमा बिकल्प खोज्न पनि सुझाब दिन ढिलो गर्नु हुन्न ।

स्वयम् सेवक शिक्षकहरुको विषयमा पहिले निणर्य भएको बेला कसैले नोट अफ डिसेन्ट लेखेर प्रस्तावमा असहमती जनाएको कुनै माध्यमबाट थाहा नदिने, यो बेला निणर्य फिर्ता लिनु पर्ने पक्का भएपछी त्यही एउटै मण्डलमा बसेर निणर्यमा सहभागि भएकाहरु नै जस अपजसको लागि चिच्याउदा र लोक हसाउदा विषय प्रति तपाईहरुको सम्बेदनशिलता र जवाफदेहितामा प्रश्न गर्ने ठाउँ दिदै हुनु हुन्छ । यी र यस्ता प्रस्तुतिले अपरिपक्व र अराजनितिक सस्कारको प्रतिनिधित्व गर्दछ ।

त्यसैले यस्ता अभ्यास नगर्न र नगराउन म बिनम्र अनुरोध गर्दछु ।हामीले आफू आवद्ध सस्था, समूह, कार्यालय र समाज प्रति बफादर भएर कर्तव्यपालक, उत्तरदायी र जवाफदेही हुन सक्यौ भने अपेक्षित परिणाम प्राप्त गर्नमा कुनै शंका छैन ।

हामीले तोकिएको समयमा निर्धारित कार्य सम्बन्धित पक्षको लागि डेलिभर गर्न सक्यौ वा सकेनौ ?? हामीलाई तोकिएको जिम्मेवारी भन्दा बाहिर बफादार हुन लाग्यौ की ?? आफू आबद्ध सस्था कस्तो बनाउने भन्ने मन्थन र बहस गर्ने ज्ञान र बुद्धिहरु अरु कुनै सस्था र समूह बलियो बनाउन खर्च गर्न थाल्यौ कि ?? अधिकार माग्दा कर्तव्य बिर्स्यौ कि ?? आदि विषयमा समीक्षा गर्न गर्न आवश्यक छ । अब गर्नु पर्ने गर्न बाकी हो भने अबिलम्ब नगरौ सबैले आफू र आफ्नो कर्तव्य र जिम्मेवारीहरु प्रति सधै बफादार भएर परिणामुखी कार्यको लागि करार गरे अघि बढ्ने प्रण गरौ ।


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया