शाहरूख खान स्टारर ‘रईश’सँग भिड्दै एकसाथ रिलिज भएको ऋतिक रोशन स्टारर ‘काबिल’ शतप्रतिशत नाफा कमाउँदै बलिउडका ठूला स्टारको मानक कमाइ मानिदै आइएको सय करोड क्लबमा प्रवेश गरेको छ।
बदलाको कथा भन्ने फिल्मले रिलिजको दोस्रो साता आइपुग्दा १०६.२५ करोड भारू कमाउँदै भारतको घरेलु वक्सअफिसमा यो आँकडा पार गरेको हो। फिल्मले यो कमाइसँगै आफ्नो नाफा प्रतिशत ११२% पुर्याएको छ। फिल्मको निर्माण लागत ५० करोड भारू रहेको कोइमोइ डटकमले जनाएको छ।
संजय गुप्ता निर्देशित फिल्ममा ऋतिकका अलावा रोनित रोय तथा रोहित रोयको अभिनय रहेको छ। शाहरूखसँगको भिडन्तको बाबजुद फिल्मको यो सफलतामा फिल्मले प्राप्त गरेको समिक्षकिय तारिफ र ‘वर्ष अफ माउथ’को पब्लिसिटीलाई मानिएको छ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

