कटारीका दिपक तामाङ गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को व्लाईण्ड अडिसनमा छनौट भएका छन । नेपालकै चर्चित रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन ५ को सोमबार भएको ब्लाईण्ड अडिसन ९निणरयकले नहेरी गर्ने छनौट भएका हुन ।
सानै देखि गायन क्षेत्रमा रुची राख्ने तामाङ अडिसनको पहिलो चरण पार गर्न सफल भएका छन । निणरयक राजेशपायल राई, प्रमोद खरेल लगाएतले तामाङको मुहार नहेरीकन गीत सुनेर छनौट गरेका हुन ।
शो द भ्वाईस अफ नेपाल सिजन ५ को प्रसारण यही असोज ५ गतेबाट सुरु भएको छ । यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । अडिसनमा नेपालसहित बिभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले सहभागिता जनाएका थिए ।
‘शो का लागि गतवर्ष भन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो, त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो’, कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने( ‘यो पटक ग्रामिण भेगबाट मौलिक आवाजहरु आएका छन ।’ ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चै अदभूत रहेको पौडेलको भनाई रहेको छ ।
ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही बिन्दुबाट सुरु हुनेछ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यो सिजनलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

