अन्जनी कुमार अधिकारी
बेल्टार । गत महिना श्रावण १७ गते सवारी दुर्घटनामा परि मृत्यु भएका उदयपुरका फुटबल खेलाडी दिप्सन मगरको स्मृतिमा आयोजित फुटबल प्रतियोगिताको आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्घाटन गर्नु भएको छ ।
शनिवार भएको उद्घाटन खेलमा तालतलैया फुटबल कलाव सुनसरी विजयी भएको छ । फ्युजन फुटबल क्लव गाईघाटलाइ ३ -१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । निर्धारित ७० मिनेटको खेलको पहिलो हाल्फको २५ औं मिनेटमा डिबक्स भन्दा केही मिटर बाहिर बाट तालतलैयाका जर्सी नं. ८ का खेलाडीले गरेको प्रहारलाइ हेड मार्फत गोल गर्दै तालतलैया फुटबल क्लव जर्सी नं. ६ का रमेश राजबंसीले आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए तेसको एक मिनेट मै तालतलैया फुटबल क्लव सुनसरीकै जर्सी नं. २३ का सन्दिप लिम्बुले गोल गर्दै खेललाई २ ० को अवस्थामा पुर्याएका थिए । पहिलो हाल्फको ३० औं मिनेटमा फ्युजन क्लव गाईघाटका जर्सी नं. १० का समिर राइले गोल गर्दै खेललाई २ १ को अवस्थामा ल्याएका थिए ।
खेलको दोश्रो हाल्फको ७४ औं मिनेटमा तालतलैया का जर्सी नं. १७ का विवस गुरुङले गोल गर्दै खेललाई ३-१ को आस्थामा पुर्याएका थिए । फ्युजन क्ल्वाब गाघाइटले खेलमा पाएको अवसर सदुपयोग गर्न नसक्दा ३-१ गोल अन्तरले पराजित हुन् पुगेको हो ।
प्रतियोगिता अन्तर्गत आइतबार गाईघाट फुटबल क्लव र भागलपुर फुटबल क्लव बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.


