
अन्जनी कुमार अधिकारी
बेल्टार। चौदण्डीगढी नगरपालिका वडा नं. ४ मा अवस्थित बसाहा क्लवको अध्यक्षमा गौतम राई चयन भएका छन । शुक्रबार बसेको क्लवको बैठकले गौतम राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
शुक्रबार नारदमुनि रङ्गशाला बसाहा बर्खेमा क्लवका सदस्य, खेलप्रेमी, जननप्रतिनिधि, समाजसेवी, बुद्धिजीवीअरुको भेलाबाट क्लवको अध्यक्षमा गौतम राई सहित नयाँ पदाधिकारीहरु चयन गरेको हो ।
बसाहा क्लवका निबर्तमान अध्यक्ष शेरबहादुर मगरले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजिनामा दिएपछी क्लवले नयाँ कार्यसमिति चयन गरेको हो ।
शुक्रबारको भेलाले क्लवको अध्यक्षमा गौतम राई सहित वरिष्ठ उपाध्यक्षमा धनबहादुर कार्की र चन्द्र पुलामी, कोषाध्यक्षमा केशर कुमारी राई, सचिवमा लाखमान राई, सह-सचिवमा छत्र मगरलाइ चयन गरेको छ भने , सदस्यहरुमा दत्त कुमारी राई, रेवन्ती राई, कुमारी राई, सविन कार्की, मोहन निरौला, तेन्जु राई र अग्निराज राईलाइ चयन गरेको छ ।
नयाँ कार्यसमिति चयन भएसंगै क्लवले सल्लाहाकार समिति पनि गठन गरेको क्लवका नवनिर्वाचित अध्यक्ष गौतम राईले जानकारी दिनु भयो । वहाँका अनुसार सल्लाहाकार सदस्यहरुमा क्लवका निवर्तमान अध्यक्ष शेरबहादुर मगर, शेखर राई, भीम वान्तवा, वीरबहादुर राई, हाइदीपकेशर राईलाइ चयन गरेको छ ।
नव गठित कार्यसमितिको पहिलो बैठकले नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता आगामी असोज २७ गतेदेखि कार्तिक ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
गोल्डकप सव्य र भव्य रूपमा सम्पन्न गर्न आवश्यक स्रोत साधन जुटाउन क्लव तदारुकताका साथ लाग्ने निर्णय भएको क्लवका सचिव लाखमान राईले जानकारी दिनु भयो ।
बसाहा क्लवक आयोजनामा आठौं संस्करणको नादरदमुनी गोल्डकप फुटबल प्रतियोगिता गत बर्ष असोज ९ गते बाट १६ सम्म संचालन भएको थियो । नारदमुनि थुलुङको जन्म वि.सं. १९६५ साल चैत २७ गते शनिबार भोजपुर जिल्लाको छिनामखुनौले गाउँमा भएको थियो। थुलुङ मातृकाप्रसाद कोइरालाको २००८ मंसीर १ गतेको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए। नारदमुनि थुलुङ २००७ सालका क्रान्तियोद्धा हुन। उनै स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा स्थानीयले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएका छन जसको नेतृत्व बसाहा क्लव चौदण्डीगढी नगरपालिका ४ बसाहाले गर्दै आएको छ ।
शुक्रवार बसेको बसाहा क्लवको पूर्ण बैठकले नयाँ कार्यसमितिको चयन गर्नुका साथै क्लवका पुर्व अध्यक्षहरुलाई सम्मान समेत गरेको थियो ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

