कृपया यो पेज Like गर्नु होला

अन्जनी कुमार अधिकारी

गाईघाट। माधव नेपालको एकीकृत समाजवादी पार्टी उदयपुरमा भुँईचालो गएको छ ।  एकीकृत समाजवादी पार्टीको सिङ्गो त्रियुगा नगरकमिटी एमालेमा फर्किएपछी एकीकृत समाजवादी उदयपुरमा भुँईचालो गएको हो ।

नेकपा एमालेबाट चोइटिएर गएको माधव नेपाल समुहका नेताहरु उदयपुर जिल्लामा समेत मुलधारको पार्टी एमालेमा फर्कन थालेपछी  एकीकृत समाजवादी उदयपुर संकटमा पर्ने भएको छ ।

जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगर कमिटिका अध्यक्ष सहित सिङ्गो कमिटि एमालेमा फर्किएपछी एकीकृत समाजवादी उदयपुरलाइ ठुलो धक्का लागेको हो ।

शुक्रबार नेकपा एकीकृत समाजवादीका त्रियुगा नगर कमिटि अध्यक्ष तथा जिल्ला कमिटि सदस्य समेत रहेका जनार्दन रेग्मी सहित १० जना मुलाधारकै पार्टी एमालेमा फर्कनु भएको छ । वहाँहरुले एक बिज्ञप्ती जारीगर्दै आफुहरु पुन: मुलधारकै पार्टी एमालेमा फर्किएको बताउनु भएको हो । शुक्रवार बिज्ञप्ति जारीगर्दै एमाले बाट बिद्रोह गर्नुको औचित्य नभएकोले आफुहरु पुन: मुलधारमै समाहित भएको बताउनु भएको हो ।

बिज्ञप्ति : 


Discover more from गाउँपालिका

Subscribe to get the latest posts sent to your email.

तपाईको प्रतिक्रिया