अन्जनी कुमार अधिकारी
बेल्टार। सवारी दुर्घटनामा परि अल्पायुमै निधन भएका फुटबल खेलाडी दिप्सन मगरको सम्झनामा फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा रहेको युनाइटेड एकता फुटबल क्लवका गोलरक्षक समेत रहेका दिप्सन मगरको गत श्रावण १७ गते मोटरसाइकल दुर्घटना हुदाँ निधन भएको थियो । चौदण्डीगढी नगरपालिकाकै उत्कृस्ट खेलाडीहरुमा पर्ने दिप्सन मगर आफ्नो क्लवको समेत एक कुशल खेलाडी रहेको र श्रावण १७ दुखद निधन भएपश्चात उनी खेलाडीको सम्झनामा खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष रोशन राईले जानकारी दिनु भयो ।
करिव साढे ४ लाख खर्चेर प्रतियोगिता आयोजना गर्न लागिएको समेत आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराइने छ भने दोश्रो हुने टिमलाइ नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
युनाइटेड एकता क्लव बेल्टारका सदस्य जसबहादुर राइले भने प्रतियोगितामा उत्कृष्ट हुने सबै विधाका खेलाडीहरुलाई ट्रफी र नगदले सम्मान गर्ने आयोजक समितिले निर्णय गरेको बताउनु भयो । प्रथम दिप्सन स्मृति फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएपछी शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेल आयोजनाको तयारी लगभग पुरा भएको जनाएको हो । प्रतियोगिता सफल बनाउन पारुहांग एकेडेमीले प्रथम पुरस्कार रासी स्पोन्सर गरेको छ भने केही रकम स्थानीय र बैदेशिक रोजगारमा गएकाहरुबाट संकलन गरिएको क्लवका अध्यक्ष रोशन राइले बताउनु भयो । यही भदौ २३ गते बाट ३० गते सम्म संचानल हुने प्रथम दिप्सन मगर स्मृति फुटबल प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन । प्रतियोगितामा उदयपुरबाट आयोजक युनाइटेड एकता क्लव, कटारी फुटबल क्लव, गाईघाट फुटबल क्लव, बेलाका नगरपालिका, फ्युजन क्लव बोक्से र लालिगुरास फुटबल क्लव भागलपुरले सहभागिता जनाउने छन् भने सुनसरी बाट तालतलैया फुटबल क्लव र सप्तरीबाट न्यू त्रियुगा स्पोर्ट्स क्लवले सहभागिता जनाउने छन । प्रतियोगिताको टाइसिट यही भदौ १८ गते प्रकाशन गरिने समेत आयोजकले जनाएको छ ।
Discover more from गाउँपालिका
Subscribe to get the latest posts sent to your email.

